हुम्लाबाहेक देशका सबै जिल्लामा पुग्यो डेंगु « Khabarhub

हुम्लाबाहेक देशका सबै जिल्लामा पुग्यो डेंगु


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाबाहेक देशभर डेंगु रोगको सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए ।

‘साधारणतया डेंगी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।’

प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेंगी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ०७ बजे

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले