युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने « Khabarhub

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताएका छन् ।

उनले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गरेका हुन् । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका थिए ।

“रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उनले मन्त्रालयको वेबसाइटमा भने ।

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यावहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रूसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ थियो ।

उनले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गरेको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको बताए ।

उनका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ ।

कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किएभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गरे।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३० बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक