१० लाख ग्राहकलाई निःशुल्क बिजुली, सरकारलाई पौने एक अर्बको दायित्व « Khabarhub

१० लाख ग्राहकलाई निःशुल्क बिजुली, सरकारलाई पौने एक अर्बको दायित्व


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । मासिक रुपमा २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरेलु ग्राहकलाई सरकारले निःशुल्क रुपमा बिजुली प्रदान गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको नेपाल विद्युत् प्राधिकरणका अनुसार, मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकवर्गले बिजुली निःशुल्क पाएका हुन् ।

घरेलु, औद्योगिक र सबै खाल गरेर प्राधिकरणका ५६ लाखभन्दा बढी ग्राहक छन् । त्यसमध्ये विपन्न र कम बिजुली खपत गर्ने ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणले जनाएको छ । विपन्न १० लाख घरेलु ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

उनका अनुसार, मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकले निःशुल्क बिजुली उपभोग गरेका हुन् । ५ एम्पिएर क्षमताको मिटर जडान गरेका विपन्न ग्राहकले निःशुल्क बिजुलीको सेवा पाएका हुन् । प्रतियुनिट औसत ३ रुपैयाँका दरले २० युनिट बिजुलीको मासिक बिजुली महसुल ६० रुपैयाँ हुन आउँछ ।

त्यसआधारमा हिसाब गर्दा घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्दा वार्षिक रुपमा झन्डै पौने एक अर्ब रुपैयाँ दायित्व थपिएको घोषले बताए ।

१० लाख ग्राहकले मासिक रुपमा ६ करोडभन्दा बढीको बिजुली निःशुल्क पाएका हुन् । प्राधिकरणले गाउँगाउँका विपन्न र कमजोर आय भएका ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराएको हो ।

त्यस्तै, सिँचाइका ग्राहकले पनि प्रतियुनिट २ रुपैयाँका दरले बिजुली उपभोग गरिरहेका छन् । जहाँ प्राधिकरणले  प्रतियुनिट ९ रुपैयाँसम्म बिजुली खरिद गरेको जनाएको छ । खानेपानी लिफ्ट सिँचाइका लागि प्रतियुनिट ५ रुपैयाँ र चार्जिङ स्टेशनमार्फत रातको समयमा गाडी चार्ज गर्दा प्रतियुनिट साढे ५ रुपैयाँमै बिजुली उपलब्ध गराइएको घोषले बताए ।

त्यस्तै, उद्योग तथा कलकारखानालाई पनि रातको बिजुली सहुलियत दरमा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ । रातको समयमा उद्योगका लागि प्रतियुनिट ४ रुपैयाँ ७५ पैसामा बिजुली उपलब्ध गराइएको उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : २० बजे

गिग अर्थव्यवस्था ः नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन