१० लाख ग्राहकलाई निःशुल्क बिजुली, सरकारलाई पौने एक अर्बको दायित्व « Khabarhub

१० लाख ग्राहकलाई निःशुल्क बिजुली, सरकारलाई पौने एक अर्बको दायित्व


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले करिब १० लाख ग्राहकवर्गमा निःशुल्क बिजुली प्रदान गरेको जनाएको छ । मासिक रुपमा २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरेलु ग्राहकलाई सरकारले निःशुल्क रुपमा बिजुली प्रदान गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको नेपाल विद्युत् प्राधिकरणका अनुसार, मासिक २० युनिटसम्म बिजुली खपत गर्ने विपन्न ग्राहकवर्गले बिजुली निःशुल्क पाएका हुन् ।

घरेलु, औद्योगिक र सबै खाल गरेर प्राधिकरणका ५६ लाखभन्दा बढी ग्राहक छन् । त्यसमध्ये विपन्न र कम बिजुली खपत गर्ने ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणले जनाएको छ । विपन्न १० लाख घरेलु ग्राहकले निःशुल्क बिजुलीको उपभोग गरिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

उनका अनुसार, मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकले निःशुल्क बिजुली उपभोग गरेका हुन् । ५ एम्पिएर क्षमताको मिटर जडान गरेका विपन्न ग्राहकले निःशुल्क बिजुलीको सेवा पाएका हुन् । प्रतियुनिट औसत ३ रुपैयाँका दरले २० युनिट बिजुलीको मासिक बिजुली महसुल ६० रुपैयाँ हुन आउँछ ।

त्यसआधारमा हिसाब गर्दा घरेलु ग्राहकले निःशुल्क बिजुली बाल्दा वार्षिक रुपमा झन्डै पौने एक अर्ब रुपैयाँ दायित्व थपिएको घोषले बताए ।

१० लाख ग्राहकले मासिक रुपमा ६ करोडभन्दा बढीको बिजुली निःशुल्क पाएका हुन् । प्राधिकरणले गाउँगाउँका विपन्न र कमजोर आय भएका ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराएको हो ।

त्यस्तै, सिँचाइका ग्राहकले पनि प्रतियुनिट २ रुपैयाँका दरले बिजुली उपभोग गरिरहेका छन् । जहाँ प्राधिकरणले  प्रतियुनिट ९ रुपैयाँसम्म बिजुली खरिद गरेको जनाएको छ । खानेपानी लिफ्ट सिँचाइका लागि प्रतियुनिट ५ रुपैयाँ र चार्जिङ स्टेशनमार्फत रातको समयमा गाडी चार्ज गर्दा प्रतियुनिट साढे ५ रुपैयाँमै बिजुली उपलब्ध गराइएको घोषले बताए ।

त्यस्तै, उद्योग तथा कलकारखानालाई पनि रातको बिजुली सहुलियत दरमा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ । रातको समयमा उद्योगका लागि प्रतियुनिट ४ रुपैयाँ ७५ पैसामा बिजुली उपलब्ध गराइएको उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : २० बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय