सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित « Khabarhub

सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि गर्न लागिएको कार्यक्रमम अन्तिम समयमा स्थगित गरिएको हो।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र अमेरिकास्थित नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम गर्न लागिएको थियो।

महावाणिज्यदूतावास न्यूयोर्कले सुरक्षा संवेदनशीलतालाई देखाउँदै कार्यक्रम स्थगित गरिएको सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन मिटिङ्गहरूमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ’, महावाणिज्यदूतावासले भनेको छ, ‘यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।’

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीसहितको टोली त्यहाँस्थित प्रवासी नेपाली समुदायको विरोधको पनि सामना गर्नु परेको छ । खासगरी सहकारी प्रकरणमा छानबिन समितिद्वारा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार मात्रै पक्राउ प्रयास भएको सन्दर्भमा विरोधका स्वर सुनिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३२ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश