सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित « Khabarhub

सुरक्षाको कारण देखाउँदै न्यूयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि गर्न लागिएको कार्यक्रमम अन्तिम समयमा स्थगित गरिएको हो।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र अमेरिकास्थित नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम गर्न लागिएको थियो।

महावाणिज्यदूतावास न्यूयोर्कले सुरक्षा संवेदनशीलतालाई देखाउँदै कार्यक्रम स्थगित गरिएको सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन मिटिङ्गहरूमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ’, महावाणिज्यदूतावासले भनेको छ, ‘यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।’

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीसहितको टोली त्यहाँस्थित प्रवासी नेपाली समुदायको विरोधको पनि सामना गर्नु परेको छ । खासगरी सहकारी प्रकरणमा छानबिन समितिद्वारा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार मात्रै पक्राउ प्रयास भएको सन्दर्भमा विरोधका स्वर सुनिएका हुन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १२ : ३२ बजे

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके– जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै

मुग्लिन–पोखरा सडक छिटो सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ– मुस्ताङको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ ।