२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ? « Khabarhub

२० प्रतिशत बढीले घट्यो नेप्से, के शेयर बजार क्रयास भएको हो ?


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८.९३ अंकले घटेको छ । गत साउन ३१ गते ३ हजार दशमलब ८१ को बिन्दुमा पुगेको नेप्से २० प्रतिशत भन्दा बढीले घटेर मंगलबार २४७०.३९ को बिन्दुमा रोकिएको हो ।

शेयर विश्लेषकहरूले नेप्सेमा २० प्रतिशत भन्दा बढीको गिरावट आउनु लाई ‘क्रयास’ भएको मान्नुपर्ने विश्लेषण गर्दै आएकोमा मंगलबारसम्म शेयरबजारमा देखिएको गिरावटले नेप्सेमा ‘क्रयास’ भएको हुनसक्ने अनुमान गरिएको छ ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा सम्पूर्ण सहायक सूचकहरू नकारात्मक रहे । मंगलबारको शेयर कारोबारमा २३३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने १० वटा कम्पनीको शेयर मूल्य मात्रै झिनो अंकले बढ्यो । एकवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले देखाएको छ ।

मंगलबार नेप्सेमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ बराबरको कारोबार हुँदा फलेट इन्डेक्स, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैको अवस्था भने नकारात्मक रह्यो ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : १८ बजे

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)