रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ « Khabarhub

रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सफाइ दिइसकेकोबताएका छन् ।

मंगलबार फेसबुक लाइभमा देखिएका उनले गोर्खा मिडिया नेट्वर्कमा विभिन्न सहकारीबाट अवैध बाटोबाट भित्रिएको भनिएको पैसा परिचालनका लागि जिम्मेवारी लिने बताएका छन् ।

लामिछानेले संसदीय समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीमा संलग्नता नदेखिएको निष्कर्षसहित ‘क्लिन चिट’ दिइसकेको बताएका हुन् ।

‘संसदीय छानबिन समितिले सहकारी ठगीमा मेरो संलग्नता नरहेको भनिसकेको छ । म गोर्खा मिडियामा रहँदा पैसा आएको कुराको जिम्मेवारी लिनुपर्छ । मैले त्यो जिम्मेवारीबाट भाग्न मिल्दैन, भागेको छैन,’ उनले भने।

तर पूर्गगृहमन्त्रीसमेत रहेका लामिछानेले आफूलाई फसाउने गरी सरकारले मुद्दा लगाउने उपाय खोजिरहेको जिकिर गरे ।

‘मलाई मुद्दा लगाउने उपायका लागि सरकारबाट चलखेल भइरहेको छ’, उनले भने, ‘संसदीय समितिबाट सफाइ पाइसकेको अवस्थामा गोर्खा मिडियामा आएको रकम परिचालनको हकमा जिम्मेवारीबाट भागेको छैन ।’

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ५६ बजे

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल