प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ « Khabarhub

प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ


१० भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिउटीमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्नका लागि घुस दिन खोज्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ ठूलो खरिबोट चोकमा डिउटीमा खटिएको प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्र घर भइ काठमाडौंको सिनामंगल बस्ने २८ वर्षी मनोज तिमल्सिना र भारतको मोतिहारी घर भइ काठमाडौंको सिनामंगल नै बस्ने २३ वर्षीय अरुण कुमार जैसवाल छन् ।

महानगरीय प्रहरी बृत्त बानेश्वरकाट खटिएको प्रहरी टोलीले बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिमल्सिना र जैसवाललाई मदिरा सेवन गरेको फेला पारेको थियो ।

मापसे गरेर सवारी चलाएको कसुरमा कारबाही गर्ने क्रममा उनीहरुले प्रहरीलाई प्रलोभनमा पार्न २ हजार रुपैयाँ दिएका थिए ।

प्रहरीले घुस दिन खोजेको २ हजार रुपैयाँ र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १० भदौ २०७६, मंगलबार  १२ : ५२ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई