विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा | Khabarhub Khabarhub

विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत, अमेरिका दोस्रो स्थानमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग-२ मा ओमानसँग अंक बाँडेको छ।

मंगलबारको खेलमा ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ।

यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ। युएईलाई मंगलबार नै अमेरिकाले १३४ रनले हरायो। अमेरिकाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको युएई २०३ रनमा सीमित भएको थियो। सो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लेको हो।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ। पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो।

क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ। नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ।

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ। सोही सिरिज नै नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ५२ बजे

सर्बियाका पूर्व यातायातमन्त्री सहित १३ जनामाथि अभियोग

काठमाडौं – सर्बियाका पूर्वयातायात मन्त्रीमाथी रेल्वे सेवामा गैर जिम्मेवारी कार्य

आजका समाचार : नजिकिँदै माधव-बामदेव, देशभर तमु ल्होसार र अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधन

माधव नेपालसँग वार्तापछि वामदेवले भने-समाजवादीमा जाने सम्भावना छ नेकपा एमालेका

तेलगु स्टारको सन् २०२४ : हिट फिल्म दिने नायकको शीर्ष स्थानमा अल्लु अर्जुन, अरु को-को ?

काठमाडौं – सन् २०२४ को अन्तिममा दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’

सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : महासचिव पोखरेल

देउखुरी– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२