रविले भने : हिरासत बसाइँले नयाँ अनुभव भयो, राजनीतिक यात्राका लागि ताल्चा लागेको छैन | Khabarhub Khabarhub

रविले भने : हिरासत बसाइँले नयाँ अनुभव भयो, राजनीतिक यात्राका लागि ताल्चा लागेको छैन


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा सर्वाधिक चर्चित भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेपछि अझै बढी चर्चित भएका छन् । उनले आफ्ना समर्थकलाई पत्रकार सम्मेलन नै गरेर धन्यवाद भनेका छन् ।

चितवनमै गरिएको पत्रकार सम्मेलनमा उनले हिरासतको बसाइले नयाँ अनुभव भएको बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको पनि लामिछानेले बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएको बारे पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो । उनले त्यसको जवाफ भने घुमाउरो पारामा दिएका थिए । उनले भनेका थिए, ‘त्यसको जिम्मा प्रहरी प्रशासनको हो । उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने गर्न पछि पर्ने छैन् ।’

देशभर रविका पक्षमा भएको समर्थन देखाउँदै उनलाई राजनीति प्रति आकर्षण भएको हो भनेर प्रश्न सोधिएको थियो । उनले राजनीतिमा आउने संकेत गरेपनि अहिले नै राजनीतिमा उत्रने अवस्था नरहेको बताएका छन् । उनले भने, ‘राजनीतिमा सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

उनले राजनीति क्षेत्रमा भएको बेतिथी र बिसंगतीलाई पत्रकारिताकै माध्यमबाट संग्ल्याउने पनि उनले बताए । लामिछानेले भने, ‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ । तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ५८ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको