परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता   « Khabarhub

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छिन् ।

यसैक्रममा उनले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् । 

उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको मित्रता, पारम्पारिक सम्मान र समझदारीमा आधारित सम्बन्धका साथ अघि बढेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको बताइन् । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको जनाइएको छ ।

त्यसैगरी उनीहरुबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भेटका क्रममा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि मन्त्री राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री राणा र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालो

यस्तै, मन्त्री राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिकमानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छिन् । भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ५५ बजे

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्र्याकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको