श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन « Khabarhub

श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आमनिर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् ।

गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए ।

श्रीलङ्काको नवौँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक सङ्कटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक सङ्कटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : ०८ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको