विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन | Khabarhub Khabarhub

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन गर्न नसकिए स्मार्टसिटीको परिकल्पना पुरा हुन नसक्ने बताएका छन् ।

बुधबार ललितपुर महानगरमा आगलागी सम्बन्धी पूर्वा सचेतनाको श्रव्यदृश्य सामाग्रीको शुभारम्भ गर्दै महर्जनले स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुन नसक्ने बताएका हुन् ।

उनले विपद्लाई सम्बोधन गर्न लगानी पनि गरिरहेको जानकारी दिए । नगरप्रहरी बल १२५ जनाको हुन पुगेको र समयसापेक्ष बिपद् न्यूनिकरणको साधनको पनि व्यवस्था गरेको उनको भनाइ छ ।

महर्जनले दमकल, एम्बुलेन्स, शवबाहन, नगरप्रहरी र विपद्सम्बन्धी सामाग्रीहरू पुल्चोकको जुद्ध बारुण यन्त्र अन्तर्गत राखिएको जानकारी दिए ।

समाजमा घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको र छिटो सेवा दिन सफल भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५९ बजे

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज बिहान