सनी लियोनीका कारण ‘पासवर्ड’ ले दर्शक तान्ला? « Khabarhub

सनी लियोनीका कारण ‘पासवर्ड’ ले दर्शक तान्ला?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्नस्टार हुँदै बलिउड फिल्ममा छाएकी नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । चर्चा हुनुको कारण उनले चलचित्र ‘पासवर्ड’ मा गरेको आइडम डान्स हो । निर्माण टिमका अनुसार सनीले फिल्मका केही दृश्यमा समेत अभिनय गरेकी छिन् ।

त्यसो त सनी यही फिल्मको प्रिमियरका क्रममा नेपाल आउने कार्यक्रम छ । उनले नेपाललाई आफूलाई सबैभन्दा मन पर्ने देश भनेकी छिन् ।

सनीकै कारण फिल्मको चर्चा हुनुपर्ने हो तर फिल्मले भने खासै चर्चा कमाउन सकेको छैन । सनी नाचेको गीत ‘आजको साम’ ले भने राम्रै चर्चा कमाएको छ ।

फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको समेत अभिनय छ । एक्सन र सस्पेन्सले भरिपूर्ण भनिएको यो फिल्मको चर्चा भने खासै छैन । न त ट्रेलरले नै खासै चर्चा कमाउन सक्यो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म हलमा कस्तो चल्नेछ भन्ने हेर्न बाँकी नै छ । तर, निर्माण टिम भने सनीकै कारण फिल्म चल्नेमा विश्वस्त छ । जो जसको अभिनय रहे पनि फिल्म पक्कै पनि राम्रै हुनुपर्छ । पोस्टरमा चल्तीका नायकको तस्वीर राखेर फिल्म चलाउने जमाना हराइसकेको बेला सनी लियोनीको आइटम डान्सले फिल्म चल्ला या नचल्ला, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  २ : ५१ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका