पाकिस्तानमा यो वर्ष पोलियो खोप अभियानमा सहभागी १७ स्वास्थ्यकर्मीको मृत्यु « Khabarhub

पाकिस्तानमा यो वर्ष पोलियो खोप अभियानमा सहभागी १७ स्वास्थ्यकर्मीको मृत्यु


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा यो वर्ष पोलियो विरुद्धको खोप अभियानमा सहभागी १७ जना स्वास्थ्यकर्मीको हत्या भएको छ। पाकिस्तानले मुलुकबाट पोलियो रोग निर्मूल पार्ने प्रयासलाई तीव्रता दिइरहेका बेला यस्तो तथ्य बाहिरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खासगरी खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा स्वास्थ्यकर्मीविरुद्ध आक्रमण भएका छन् । ती क्षेत्रमा सक्रिय लडाकुले बालबालिकालाई पोलियोबाट जोगाउन सक्रिय स्वास्थ्यकर्मीलाई निशाना बनाउने गरेका छन् ।

सन् २०१२ यता लडाकुको आक्रमणमा परि हालसम्म पोलियोविरुद्धको खोप अभियानमा सहभागी १ सय २६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ । 

पोलियो खोप अभियान कर्मीमाथि हुने यस्ता आक्रमणका घटनाबाट पाकिस्तानी स्वास्थ्यकर्मीमा भयको वातावरण सिर्जना भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : २९ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको