पतिसँग छुटेपछि जनावर आफ्ना बनाइन् माइलीले « Khabarhub

पतिसँग छुटेपछि जनावर आफ्ना बनाइन् माइलीले


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – गायिका माइली साइरसले आफ्ना पति लियाम हेम्सवर्थलाई डिभोर्स दिइन् । डिभोर्स दिएपछि पछिल्लो समय उनी एक्लिएकी छिन् ।

केही विदेशी मिडियाले माइली आजभोलि घरपालुवा जनावरसँग नजिकिएको बताएका छन् । मिरर डट को डट युकेका अनुसार ‘पार्टी इन द युएस’ की गायिकाले पछिल्लो वर्ष क्यालिफोर्नियाको जंगलमा आगो लाग्दा घरमा पालेका १६ जनावरलाई मेम्सवर्थले बचाएपछि उनको तारिफ गरेकी थिइन् ।

हेम्सवर्थ र साइसरका घरमा ७ वटा कुकुर, २ घोडा, २ साना घोडा, ३ बिरालो र २ वटा सुँगुर थिए । खबरका अनुसार डिभोर्सपछि माइलीले ती जनावर आफूसँग राख्नेछिन् ।

समाचारका अनुसार पूर्वपति हेम्सवर्थ ती जनावरका लागि कोर्टमा मुद्दा लड्न चाहन्थे । उनले क्यालिफोर्नियाको कानूनअनुसार यसो गर्न सक्ने अवसर थियो। पछि उनलाई महसूस भयो कि, यो कुनै प्रतियोगिता हैन । त्यसैले पनि साइरसले ती जनावर आफ्नै घरमा राखिन् ।

हेम्सवर्थले लगभग एक दशकसम्म डेटिङ गरेर माइलीसँग बिहे गरेका थिए । तर ८ महिनापछि यी दुईले डिभोर्स गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ५ : ०४ बजे

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो