खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो  « Khabarhub

खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं २०८१ साउन महिनामा वार्षिक खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ८.९० प्रतिशत रहेको थियो । 

समग्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७.५२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत रहेको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ६.६२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : १८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण