सुमनालाई नेविसंघको प्रश्न- शिक्षामन्त्री भइसकेको मान्छेले भ्रम छर्न मिल्छ ? « Khabarhub

सुमनालाई नेविसंघको प्रश्न- शिक्षामन्त्री भइसकेको मान्छेले भ्रम छर्न मिल्छ ?


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रवक्ता सुरज सेजुवालले पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठमाथि प्रश्न गरेका छन् । 

श्रेष्ठले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रवेश परीक्षा स्थगित भएको लेखेपछि नेविसंघ प्रवक्ता सेजुवालले प्रश्न उठाएका हुन् । 

उनले पूर्वशिक्षामन्त्री श्रेष्ठले हुँदै नभएको कुरा एक्समा लेखेको भन्दै प्रश्न गरेका छन्, ‘कृषि तथा वन विज्ञान विश्‍वविद्यालयअन्तर्गत कुन संकायको प्रवेश परीक्षा विद्यार्थी कारणले कहिले सर्‍यो  वा स्थगित भयो ? शिक्षामन्त्री भइसकेको मान्छेले यस्तो भ्रमपूर्ण सूचना सम्प्रेषण गर्न मिल्छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ श्रेष्ठले बुधबार कोलम्बिया विश्वविद्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा भिडियोसहित प्रवेश परीक्षाहरू फेरि स्थगित भएको उल्लेख गरेकी थिइन् । 

‘कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन-इमेल गरिरहनुभएको छ । अझै परीक्षाको समय निश्चित भएको छैन,’ उनले लेखेकी थिइन्, ‘आज–भोली हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन् । विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन् ।’ 

श्रेष्ठले परीक्षा ढिलो हुनुमा सत्तारुढ कांग्रेस–एमालेकै विद्यार्थी संघठनको झगडा मुख्य कारण बनेको दाबी समेत गरेकी थिइन् । 

‘कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् गुण्डागर्दीलाई निस्तेज गर्नेछ,’ उनले लेखेकी थिइन्, ‘भोलि प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी संगठन चाहिन्छन् ।’

श्रेष्ठले विद्यार्थी संगठनहरू माथि प्रश्न उठाएपछि नेविसंघ प्रवक्ता सेजुवालले बिहीबार फेसबुकमार्फत शिक्षामन्त्री हुँदा केही काम नगरेको आशय व्यक्त गरेका छन् । 

‘तपाई शिक्षामन्त्री हुँदा के एउटा काम गर्नुभयो ? कृपया औँला भाँचेर भन्दिनोस् न,’ प्रवक्ता सेजुवालले प्रश्न गरेका छन्, ‘अन्तमा रामकुमारी दिदीको शैलीमा भन्नु पर्दा बिहान उठ्ने बित्तिकै आखाको चिप्रा पुछ्दै झुटो सूचना प्रवाह गरी विद्यार्थी संगठनलाई गाली मात्रै गर्न पाइन्छ ?’

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ५० बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो