पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी « Khabarhub

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । 

टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ । 

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने शृङ्खलामा यो सहर रूसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।

युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेत्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ । 

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व शर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसनजापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : १७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका