हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन « Khabarhub

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्धविरामको लागि अनुरोध गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म लेबनानमा इजरायली हवाई आक्रमणमा पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्  ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ। 

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका थिए ।

नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता भएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ०५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने