हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन « Khabarhub

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्धविरामको लागि अनुरोध गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म लेबनानमा इजरायली हवाई आक्रमणमा पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्  ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ। 

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका थिए ।

नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता भएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ०५ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज