राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री « Khabarhub

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएका जो काेहीलाई जेल जानुपर्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो काम लाई दुरुत्साहन हुनेगरी  एक दिन भए पनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताए ।

बैठकमा पुर्व अर्थमन्त्रीहरुले भने राजस्व चुहावट सम्बन्धि कसुरको दण्ड तथा जरिवानामा फरक फरक धारणा राखेका थिए । पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व अशुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने बताए ।

पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले राजश्वको ठुलो अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन पनि सचेत हुनुपर्ने भन्दै कसुर अनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरि कानुनी ब्यबस्था गर्नुपर्ने धारणा राखे ।

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजश्व चुहावट र अपचल उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकोले तीनै पक्ष दण्डित हुनेगरी कानुनी व्यवस्था गर्न माग गरे ।

अर्थ समितिको छलफलमा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको ब्यबस्थामा ब्यबसायीहरुले पनि असन्तुष्टि जनाइरहेका छन् । यसबारे व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराइसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ६ : ०३ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको