रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने  « Khabarhub

रास्वपाको पत्रकार सम्मेलन : चीन गएको उपलब्धि पनि सुनाउने 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन भ्रमण छोट्टाएर नेपाल फर्केका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आज पार्टी कार्यालय चमतिमा पत्रकार सम्मेलन गर्दैछन् ।

चीन नेपाल सम्बन्ध, उपलब्धि, चीनले नेपालका पार्टी र रास्वपालाई हेर्ने नजरबारे सम्मेलनमा जानकारी दिने रास्वपाको तयारी छ । यस्तै, भ्रमणका बेलामा भएको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको रास्वपा नेता गणेश पराजुलीको भनाइ छ।

पराजुलीका अनुसार आजको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष झाले सम्बोधन गर्नेछन् ।

गत शनिवार चीनतर्फ प्रस्थान गरेका रास्वपाका १४ जना नेता बिहीबार नेपाल आइपुगेका थिए ।  नेताहरूले चीनमा तीन वटा कार्यक्रमहरूमा सहभागी जनाएका थिए ।

नौ दिनको भ्रमणका लागि गएका उनीहरू सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने हल्लापछि नेपाल फर्किएका हुन्।उनीहरूलाई सभापति लामिछानेलाई नै नेपाल फर्किन आग्रह गरेका थिए। यसबारे पनि केही खण्डन गर्न रास्वपा नेताहरूको तर्क छ ।

चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा पहिलो पटक चीन भ्रमणमा गएका रास्वपा नेताहरूले आफ्नो पार्टीको सिद्धान्त र धारणाबारे भने प्रस्तुति राख्ने नपाएकोमा दुख व्यक्त गरे ।

पराजुलीले भने, ‘आफ्नो पार्टीको प्रस्तुति राख्न पाइएन । पछुतो त्यसमै छ ।’

यस्तै, आइतबार रास्वपाले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  २ : ३७ बजे

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र

ट्रम्पको मध्यस्थतापछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति

जहाँ सकिन्छ, युवालाई त्यहीँ अगाडि सारौं : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलबिना लोकतन्त्र सम्भव

जेन–जी आन्दोलनको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको छानबिन