‘पूर्णबहादुरको सारङ्गी’ : मुकुनको भूमिका ‘बिरे’, बुद्धिको ‘ढाक्रे माइला’ | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ : मुकुनको भूमिका ‘बिरे’, बुद्धिको ‘ढाक्रे माइला’


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा कलाकारले निर्वाह गरेको चरित्र खुल्ने पोस्टर सार्वजनिक भइरहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारका रुपमा पोस्टरहरु सार्वजनिक गरिरहेको हाे ।

करिब एक महिनाअघि फिल्मका शीर्ष कलाकार विजय बराल र प्रकाश सपुत चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएकाे थियाे । सार्वजनिक टिजरमा पनि विजय र प्रकाश मात्रै अटाएका थिए ।

निर्माण पक्षले फिल्मका अर्का शीर्ष कलाकार नायक मुकुन भुसाल भूमिका खुलाएको थिएन । यसैबीच बिहीबार मुकुनको चरित्र खुल्ने पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा फिल्ममा उनी ‘बिरे’को भूमिकाम रहेको पनि खुलाइएको छ ।

पोस्टरमा मुकुनका दुई तस्बिरले स्थान पाएको छ । दुवैमा उनी गाउँले अधवैँशे पुरुषको भूमिकामा देखिएका छन् । पृष्ठभूमिको ठूलो तस्बिरमा उनी सुर्ती माडिरहेको छन् ।

पोस्टरको तल्लो भागमा मुकन गाउँले परिवेशका चार व्यक्तिको बीचमा छन् । सो तस्बिरमा ढाका टोपी, कालो सर्ट र कट्टु लगाएका मुकुनको हातमा हसियाँ छ ।

त्यस्तै, निर्माणले शुक्रबार बुद्धि तामाङको चरित्र खुल्ने पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरबाट उनी ढाक्रे माइला’ भूमिका रहेको जानकारी दिइएको छ । सो पोस्टरको तल्लो भागमा विजय र मुकुनलाई पनि प्रस्तुत गरिएको छ ।

कात्तिक १४ अर्थात लक्ष्मी पूजाबाट पदर्शनमा आउने यस फिल्ममा विजय, प्रकाश, मुकुन, बुद्धिसहित अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

निर्माण पक्षका अनुसार सोसल ड्रामा जनरामा बनेको यस फिल्म गन्धर्व परिवारको कथामा आधारित छ । यो फिल्मको लेखक र निर्देशक सरोज पौडेल हुन् । पटकथा तथा संवाद भने महेश दवाडीको छ ।

सेभेनसिज सिनेमा र बासुरी फिल्मको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता विनोद पौडेल र प्रतीक सुबेदी हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : १७ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत