पहिराले कालीगण्डकी करिडोर अवरुद्ध « Khabarhub

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बागलुङ – भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रुपमा बन्द भएको हो ।

उक्त सडकखण्ड दुई महिनादेखि अवरुद्ध भइ बिहीबार मात्रै सञ्चालनमा आएको थियो । तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए । सडक पूर्णरुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क विच्छेद भएको उनको भनाइ छ ।

चीन–भारत जोड्ने गरी निर्माण भएको कोरिडोर वर्खाको समयमा बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ सञ्चालन हुने यातायात ठप्प भएका छन् । जसका कारण यात्रु अलपत्र परेको गुरुङले बताए । कोरडोर हुँदै बुटवल, भैरवाह दलगायत तराई क्षेत्रमा सञ्चालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन् ।

करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन संभवन नभएको उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : २७ बजे

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन