अमेरिकामा बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसविरुद्ध प्रदर्शन « Khabarhub

अमेरिकामा बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसविरुद्ध प्रदर्शन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनिसविरुद्ध प्रदर्शन भएको छ ।

बंगलादेशमा अल्पसङ्ख्यकविरुद्ध दमन जारी रहेको भन्दै अमेरिकामा युनुस बसिरहेको होटेलअगाडि प्रदर्शन भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीले युनुसको राजीनामा माग गरेका छन् । युनुसले अवैधानिक तथा गैरसंवैधानिक हिसाबले सत्ता कब्जा गरेको प्रदर्शनकारीको आरोप छ ।

आफूहरु धर्म निरपेक्ष लोकतन्त्रको पक्षमा रहेको भन्दै प्रदर्शनकारीले हिन्दू, इसाईजस्ता धार्मिक अल्पसङ्ख्यकविरुद्ध जारी दमनको निन्दा गरेका छन् ।

अमेरिका भ्रमणमा रहँदा मोहम्मद युनुसले अमेरिका, नेदरल्याण्ड्स, पाकिस्तान, नेपालजस्ता मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग भेटवार्ता गरेका छन् । सरकारविरोधी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि युनुस नयाँ सरकार प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ३२ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको