यस्तो छ 'नाडा अटो शो' को आकर्षण, कुन सवारी साधनमा कस्तो स्कीम ? | Khabarhub Khabarhub

यस्तो छ ‘नाडा अटो शो’ को आकर्षण, कुन सवारी साधनमा कस्तो स्कीम ?


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नाडा अटो शो’को चौथो संस्करण मंगलबारबाट राजधानीको भृकुटी मण्डपमा शुरु भएको छ। अटो शो मा विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकलहरु प्रदर्शनमा राखिएका छन् ।

अटो शो शुरु भएसँगै ठप्पप्रायः रहेको अटो व्यवसायमा नयाँ तरंग आउने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा झै यस पटक पनि विभिन्न कम्पनीहरुले उपभोक्ताहरुका लागि आकर्षक अफरहरु समेत ल्याएका छन् ।

प्रदर्शनीको पहिलो दिन अवलकोनकर्ताहरुको बाक्लो भीड लागेको थियो । सवारी साधन खरिद गर्नेदेखि अवलोकनमात्र गरेर फर्किनेहरु पनि धेरै थिए । नयाँ माेडलका बाइकहरुमा युवा पुस्ताको आकर्षण बढी देखिएको थियो ।

पहिलो दिन निसान किक्स, ह्युन्डाई भेन्यु, किया, टाटाको एच फाइभ, महिन्द्रा, टोयोटा, फोर्ड कम्पनीका सवारीसाधनहरु अवलोकन गर्नेहरुको भीड बाक्लो देखिएको थियो । नेपालको सबैभन्दा ठूलो मानिने यस शोमा ७५ हजार बढीले अवलोकन गर्ने नाडाको अपेक्षा छ।

फक्सवागन
फक्सवागनले नाडा अटो शोको लागि एउटा गाडीमा छुट दिएको छ। कम्पनीले पोलो १.० टिएल प्लसमा लिटरलाई अटोशोभर २८ लाख ४५ हजारको सट्टा २६ लाख ९० हजारमा बिक्रि गरिरहेको छ।

इसुजु
नेपालको लागि इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो नाडा अटो शोका लागि नगद छुटको व्यवस्था गरेको छ। कम्पनीले नाडा शोभर प्रत्येक इसुजु सवारी साधन खरिदमा १–१ लाख छुटको व्यवस्था गरेको छ।

सुजुकी
सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सिजी मोटोकर्पलो नाडा शो विषेश ५० हजारसम्म छुटको व्यवस्था गरेको छ। चार्डपर्व स्किम बाहेक सुजुकीले नाडा अटो शो को लागि यो अफर ल्याएको हो।

बिवाईडी
विद्युतिय सवारी साधन बिवाईडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले नाडाको लागि विषेश नगद छुट ल्याएको छ। कम्पनीले मेला भरीको लागि ‘इ ६’मा १ लाख, ‘एम ३’ ९७सिटर० मा १ लाख ५० हजार र ‘एम ३’(५ सिटर) मा १ लाख ५० हजार नगद छुट दिएको छ।

एमजी
एमजीको नेपालको लागि पारामान्ट मोटर्सल नाडा शोको लागि २ लाख देखि २ लाख ५० हजारसम्मको छुटको व्यवस्था गरेको छ। कम्पनीले यो बाहेक १ वर्षको रोडट्याक्स, इन्सोरेन्स र एससोरिज पनि उपलब्ध गराउने जनाएको छ।

प्युजो
नाडा अटो शोमा प्युजोको सवारी साधन खरिद गर्नेले नगद छुट पाउने छन्। यसको २००८ मोडलमा कुल १० लाख छुट, २००८ मोडलमा कुल ८ लाख र टेप इभीमा कुल १० लाख छुट पाउनेछन्।

टाटा
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडाको लागि विभिन्न छुट तथा अफरहरु ल्याएको छ।
कम्पन्रीले एच फाइभ बाहेकका सवारीसाधन खरिदमा जोडीलाई दुवई टुर योलिन नचाहनेलाई आकर्षक नगद छुट, नाडामा गाडी बुकिङ गर्दा ज्ञ थान आइफोन एक्स आर र एच फाइफ बुकिङ गर्नेलाई पनि १ थान आइफोन एक्स आर दिने घोषण गरेको छ।

केटीएम
नेपालको लागि केटिएम मोटरसाइकलको आधिकारिक वितरक केटिएम हुलास इन्भेस्टमेन्टले नाडा अटोमा प्रत्येक मोटरसाइकलको खरिदमा १५ हजार नगद छुटको व्यवस्था गरेको छ।

रोयल इन्फिल्ड
नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले नाडा अटो शोका लागि प्रत्येक रोयल इन्फिल्ड मोटरसाइकलको खरिदमा एउटा लेगगार्ड र एउटा हेल्मेट दिने व्यवस्था गरेको छ।

मित्सुबिसी
मित्सुबिसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर्सले नाडा अटो शो भरी गाडी खरिद गर्नेले २ लाख नगद छुट र एउटा क्लेभल्याण्ड मोटरसाइकल दिने जनाएको छ।

बिएमडब्लु
बिएमडब्लु मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हिमालयन मोटोर्राडले नाडा अटो शो भरका लागि प्रत्येक मोटरसाइकलमा ३ हजार नगद छुटको व्यवस्था गरेको छ।

जिनियस मोटर्स
विद्युतिय मोटरसाइकल कम्पनी जिनियस को लागि नेपालको आधिकारिक वितरक योमा इमोटर्सले नाडा अटो शोमा जिनियस मोटरसाइकल खरिद गर्नेलाई २० हजार नगद छुटको व्यवस्था गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : ३२ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय