गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी « Khabarhub

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि आएको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका छन् । 

उनले शनिबार दिउँसो लेखकलाई फोन गरेर भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

पौडेलले उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले विपद्को क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिलसमेत गरेका छन् । 

उनले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी–पहिरोभू–क्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०४ बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद