सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न, अलिकति दौडिनु पर्नेछ : मन्त्री भट्टराई | Khabarhub Khabarhub

सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न, अलिकति दौडिनु पर्नेछ : मन्त्री भट्टराई


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन् ।

पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन बर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने आवश्यकता औँल्याए ।

उनले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन बर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताए ।

उनले भने “पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिँडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनु पर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाहिँ १/२ नम्बरबाट अब हुँदैन । माथिल्लो गियरमै जानुपर्छ ।”

उनले सरकारले आगामी पुस महिनाभित्र नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिनाभित्र उडान पनि सुरु गर्ने लक्ष्यसाथ काम भईरहेको बताए । त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालिन उडान भर्ने व्यवस्थासहित स्तरोन्नतिको काम भईरहेको पनि उनले जानकारी दिए ।

मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारीसहित अधिकार प्रत्यायोजन गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : २१ बजे

उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो

प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ

अमरगढी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा रहिआएका छन्’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।