दश घण्टामा दमौली–चापाघाट सञ्चालन « Khabarhub

दश घण्टामा दमौली–चापाघाट सञ्चालन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि सञ्चालनमा आएको छ । आज बिहान ७ बजे सडक भासिएपछि दमौली–चापाघाट अवरुद्ध भएकामा दश घण्टापछि साँझ ५ बजे सडक पुनः सञ्चालनमा आएको हो ।

भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको थियो । सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ३० बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध