खतरामा कोशी ब्यारेज, पुलमाथिबाट बग्न थाल्यो बाढी « Khabarhub

खतरामा कोशी ब्यारेज, पुलमाथिबाट बग्न थाल्यो बाढी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

धरान- पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाट बाढी बगिरहेको छ ।

शनिबार साँझ ७ बजेको मापनमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ७८ हजार ३९० क्युसेक पुगेको छ ।

ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला गरिएका छन् भने आवतजावत बन्द गरिएको छ । बाढी उच्च भएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामा राखेको थियो ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा अहिले सवारी साधन चलाउन रोकिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

कोशीका सहायक नदीहरू सुनकोशी, दूधकोशी, अरुण, तमोस, भोटेकोशी, तामाकोशी र रोशीसहितमा शनिबार बिहानदेखि ठूलो बाढी आएको छ ।

सुनकोशी र दूधकोशीले एक एकवटा पक्की पुल बगाएका छन् । कयौँ गाउँ बस्ती पनि कोशीका सहायक नदीहरूले बगाएर लगेका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ३७ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक