अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो « Khabarhub

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले पुरेका दुईवटा गाडीबाट १४ जना यात्रुको शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले एउटा विङ्गर र अर्को बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

बुटवलबाट काठमाडौँ आउदै गरेको लु १ ज ४५७८ नम्बरको विङ्गरबाट ५ जना र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको प्रहरीले जनाएको छ ।

अझै पनि त्यहाँ खोजीकार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो आउदा झ्याप्ले खोलामा दुई सवारी साधन पुरिएका थिए । तर उद्धारमा ढिलाइ गरिएको थियो ।

१२ जना यात्रु सवार रहेको भनिएको पहिरोले पुरिएको विङ्गर र नम्बर नखुलेको बसबाट शनिबार साँझसम्म शव निकाल्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

झ्याप्ले खोलामा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर र अर्को बस पुरिएको थियो । विङ्गरका चालक रमेश लुइँटेल थिए ।

झ्याप्ले खोलामा पुरिएको विङ्गर र बससँगै पुरिएका यात्रुको शव निकाल्ने कामसँगै सुरुङ्गमार्ग आसपासका क्षेत्रका अरु पहिरो पनि धमाधम हटाइँदैछ । शनिबार राति नै काठमाडौं छिर्ने मुख्य नाका एकतर्फी खुल्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०८ बजे

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार

बुटवल– नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार

सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि