स्पेनमा डुङ्गा डुब्दा हुँदा नौ आप्रवासीको मृत्यु, ४८ बेपत्ता « Khabarhub

स्पेनमा डुङ्गा डुब्दा हुँदा नौ आप्रवासीको मृत्यु, ४८ बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय सामुद्रिक उद्धार सेवाले शनिबार जनाएको छ ।

एटलान्टिक द्वीपसमूहको एक टापु ‘एल हिएरो’बाट मध्यरातपछि आएको आपतकालीन फोनको जवाफ उद्धारकर्ताले दिएपछि ८४ जना सवार डुङ्गाबाट २७ जनालाई उद्धार गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।

आप्रवासीहरू मुख्य भूमि युरोप पुग्ने आशामा क्यानरी पार गर्ने क्रममा उक्त क्षेत्रमा सेप्टेम्बरको सुरुमा ३९ जना आप्रवासीको मृत्यु भएको थियो ।

हालैका वर्षहरूमा हजारौं आप्रवासीहरूले युरोप पुग्नका लागि खचाखच भरिएका र प्रायः जीर्ण डुङ्गाहरूमा एटलान्टिक महासागरमा यात्रा गर्नेगरेका छन् ।

क्यानरीका क्षेत्रीय अध्यक्ष फर्नान्डो क्लाभिजोले एक्समा लेखेका छन्, “पछिल्लो त्रासदीले एटलान्टिक मार्गको खतरनाक यात्रालाईलाई फेरि उजागर गरेको छ ।”

“युरोपको दक्षिणी सीमाबाट केही मिटरको दूरीमा मानिसको ज्यान जाने भएकाले संरचनागत मानवीय त्रासदीको सामना गर्न स्पेन र इयूले निर्णायक कदम चाल्नुपर्छ,” उनले भने ।

अगष्टको अन्त्यतिर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मौरिटानिया र गाम्बियाको भ्रमण गरी मानव तस्करमाथि कारबाही गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन् २०१९ को अगष्ट १५ सम्ममा २२ हजार ३०४ आप्रवासी क्यानरी पुगेका छन् भने अघिल्लो वर्षको सोही अवधिमा नौ हजार ८६४ आप्रवासी क्यानरी पुगेका थिए ।

सन् २०२३ मा करिब ४० हजार आप्रवासीहरू क्यानरीमा प्रवेश गरेका थिए । सेप्टेम्बरदेखि आवागमनमा सजिलो हुने अवस्थाले समुद्र पार गर्नेको सङ्ख्यामा वृद्धि हुने गर्छ ।

संयुक्त राष्ट्रसंघीय निकाय इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)का अनुसार सन् २०१४ यता यो मार्गमा चार हजार ८५७ जनाको मृत्यु भएको छ । तर आप्रवासीलाई सहयोग गर्ने स्पेनी गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ले युरोप पुग्ने क्रममा १८ हजार ६८० जनाभन्दा बढीको मृत्यु भएको तर उक्त तथ्याङ्क आइओएमको औपचारिक रेकर्डमा नआएको बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : २५ बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको