११ उपाय जसले तपाईंको वैवाहिक जीवन पुनः सफल पार्न सक्छ | Khabarhub Khabarhub

११ उपाय जसले तपाईंको वैवाहिक जीवन पुनः सफल पार्न सक्छ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह दुई आत्मा बिचको पवित्र बन्धन मानिन्छ । यसले बर–बधुलाई सात जन्मसम्मसंगै राख्दछ भन्ने मान्यता छ । तर कतिपयको भने वैवाहिक बन्धनमा बाँधिएपछि सम्बन्ध टुट्ने गरेको छ ।

सम्भवत कोही कसैले बिना कुनै ठोस कारण, आफ्नो वैवाहिक जीवन टुटाउन चाँहदैनन् । तर परिस्थिति बलियो बनिदिँदा बाध्यताले सँगै बस्नुभन्दा छुट्टिनु उत्तम हुन्छ । आखिर अधिकांशको वैवाहिक जीवन किन टुट्छ ? पति र पत्नीबीच के बिषयमा असमझदारी हुन्छ र तिनको समाधान के हो त रु हामी १० टिप्स बताउँदै छौँ जसले तपाईंको वैवाहिक जीवन सुखमय बनाउन सक्छ ।

१) वैवाहिक जीवनमा आउने असमझदारी भनेको एक अर्कालाई बुझ्न नसक्नु हो । जसका लागि बरबधुले एक–अर्कालाई बढीभन्दा बढी समय दिएर बुझ्ने कोशिस गर्नुपर्छ । त्यसका लागि दुवैसाथमा रहन आवश्यक छ ।

२) विवाहपछि शारीरिक सम्बन्ध मात्रमा आत्मियता खोज्ने तर अन्य समयमा एक अर्काबिच सौहाद्र रुपमा प्रस्तुत हुन नसक्नु वैवाहिक सम्बन्ध टुट्ने अर्को कारण हो । त्यसैले शारीरिक सम्बन्धमा मात्र सामिप्यता होइन अरुबेला पनि एकआपसको नजिक रहन आवश्यक छ ।

३) विवाहपछि आफ्नो जागिर वा करियर बिग्रियो भनेर त्यसमा मात्र केन्द्रीत हुँदा पनि सम्बन्ध बिग्रन्छ । जीवनमा सफलता प्राप्त नहुनुको कारण विवाह होइन, तपाईंको सोच र मेहनतको अभाव हो । त्यसैले विवाहपछि जागिर वा भविष्यका लागि भन्दै टाढिनु हुँदैन ।

४) वैवाहिक सम्बन्ध टुट्ने अर्को मजबुत कारण भनेको पति–पत्नीबीचको भावना आदानप्रदान नहुनु हो । कुनै समस्या छ भने पति वा पत्निलाई सुनाउन अप्ठ्यारो मान्नु हुँदैन । बरु त्यस समस्याको दुवै मिलेर आपसी समझदारीबाट हल गर्नु पर्दछ ।

५) अधिकाशं विवाहपछि सम्बन्ध टुट्ने प्रमुख कारण भनेको पति र पत्नी बिचको रोजाई नमिल्नु हो । यसरी पति पत्नीबीच फरक धारणा वा सोच भइदिँदा सम्बन्धमा तितोपन आउँछ । तर एक जनाले मात्र भावना बुझेर त्यसलाई स्विकार गर्ने हो भने त्यो समस्या पनि स्वतः हल भएर जानेछ ।

६) वैवाहिक जीवन सफल बनाउन पति पत्नीले एक अर्काको पेशा वा जागिरको सम्मान गर्नुपर्छ । कमाईको हिसाब–किताब राख्नु हुँदैन । आफू जस्तै मेहनत र लगानी गर्ने जीवन साथीको पेशाको सम्मान गर्दा उसलाई बुझ्न सहज हुने गर्दछ ।

७) आफ्नो जिम्मेवारी निभाउँदा पति पत्नीको आवश्यकता पूरा गरिदिँदा मात्र वैवाहिक जीवन सफल हुँदैन । जिम्मेवारी भन्दा पनि महत्वपूर्ण कुरा जीवनसाथीको मुहारमा आफूले ल्याउने खुशी हो । त्यसैले कहिलेकाही दुवै मिलेर घुम्न जानु, रमाइलो गर्नु, सानै भएपनि सरप्राइज गिफ्ट दिनु भयो भने त्यसले तपाईंलाई खुसी दिनेछ ।

८) वैवाहिक जीवन सफल पार्ने अर्को महत्वपूर्ण पक्ष भनेको आफ्नो पति वा पत्नीको सबैका अगाडि सम्मान गर्नु हो । केहिले आफ्ना साथीभाइ माझ पति वा पत्नीलाई होच्याउने वा अपमान गर्ने गर्दछन् । यसबाट उसले आफ्नो स्वाभिमान गुमेको महशुस गर्छन् र बिस्तारै सम्बन्धमा चिसोपना बढ्दै जान्छ ।

९) केही पति पत्नीले घरमाभन्दा बाहिर बढी समय दिने गरेका हुन्छन् । यस्तो अवस्थामा एकअर्का बिच मनमुटाव बढ्दै जान्छ र सम्बन्धमा दरार आउँछ । यस्तो अवस्थामा आफू बाहिर रहनुको कारण वा ढिला हुनेबारे समयमा जानकारी दिनुपर्छ । फकाएर स्वीकृति लिने गर्नुपर्छ यसले तपाईको सम्बन्ध मजबुत बनाउन मद्दत गर्छ ।

१०) वैवाहिक जीवन टिकाई राख्न तपाईंको सघाउने बानी पनि सही साबित हुन्छ । कामको बोझ हुँदा वा रमाइलोका लागि भएपनि कुनै काम सघाउँदा एकअर्काबीच यसले आत्मियता बनाई राख्छ । पति पत्नीले एक अर्काको आवश्यकता बुझेर त्यसलाई सुटुक्क पूरा गरिदिए वैवाहिक जीवन समधुर रहन्छ ।

११) पति पत्नी भनेको घरभित्रको सम्बन्ध मात्र होइन । एकअर्काको पुरक पनि हो । त्यसैले तपाईं पति वा पत्नीलाई साथी जस्तो ब्यवहार गर्नुस् । यसमा उसको स्वभाव बुझ्न जरुरी हुन्छ । अझ शारीरिक सम्बन्धका क्रममा रोमाञ्चक गफ गर्न वा घनिष्ठ हुन जरुरी छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५८ बजे

गणतन्त्र विरोधी कारबाहीको भागीदार हुनेछन् : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान व्यवस्थाविरुद्ध जानेलाई

‘ग्रीन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले

अमेरिका बसेको दर्ता प्रमाण छैन ? देश निकाला वा जेल सजाय दुवै हुनसक्छ

वासिङटन डिसी– अमेरिकी सङ्घीय सरकारको एलियन दर्ता ऐनअन्तर्गत विदेशी नागरिकले

बोली सच्याउँदै देउवा भन्छन्, ‘योगी र राजदूतबीच लखनऊमा भेट भएको हो, दूतावासमा होइन’

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री

पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

इस्लामावाद- पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान