विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने « Khabarhub

विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज साँझ बसेको आकस्मिक बैठकले विपद्बाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट विपद्बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद्बाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए ।

बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आ–आफ्नो विषयसँग सम्बन्धित क्षतिको विवरण तत्काल सङ्कलन गर्ने निर्णय गरेको मुख्यमन्त्री लामाले बताए ।

विपद्बाट घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधी तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरुद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : २७ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक