संसदीय समितिले कर्णाली क्षेत्रको स्थलगत भ्रमण गर्दै | Khabarhub Khabarhub

संसदीय समितिले कर्णाली क्षेत्रको स्थलगत भ्रमण गर्दै


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन तथा भ्रमण गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो ।

कर्णालीको विकाशको सम्बन्धमा धेरै प्रयास भए पनि अपेक्षित प्रतिफल आउन नसकेको गुनासो बढिरहेको बेला समितिले स्थलगत अध्ययन गर्न लागेको हो । कर्णाली क्षेत्रमा बसोबास गर्ने जनताको दैनिकी र जीवन स्तर समेत मानव सूचकांकको आधार बिन्दु भन्दा तल रहेको छ ।

समितिले आफ्नो स्थलगत अध्ययन भ्रमणमा विकाश निर्माण, सामाजिक विकाश, शिक्षा, उद्योग, पर्यटन, प्राकृतिक स्रोत—सम्पदा समेतको अध्ययन गर्ने कार्यसूची बनाइएको छ ।

समितिले स्थलगत अध्ययन भ्रमणले बिकाशमा भएको बाधा फुकाउन सहयोग पुग्ने र स्थानीयको गुनासो समेत सुनिने भएकोले अध्ययन भ्रमण महत्वपूर्ण हुने बताएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।