संसदीय समितिले कर्णाली क्षेत्रको स्थलगत भ्रमण गर्दै « Khabarhub

संसदीय समितिले कर्णाली क्षेत्रको स्थलगत भ्रमण गर्दै


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन तथा भ्रमण गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो ।

कर्णालीको विकाशको सम्बन्धमा धेरै प्रयास भए पनि अपेक्षित प्रतिफल आउन नसकेको गुनासो बढिरहेको बेला समितिले स्थलगत अध्ययन गर्न लागेको हो । कर्णाली क्षेत्रमा बसोबास गर्ने जनताको दैनिकी र जीवन स्तर समेत मानव सूचकांकको आधार बिन्दु भन्दा तल रहेको छ ।

समितिले आफ्नो स्थलगत अध्ययन भ्रमणमा विकाश निर्माण, सामाजिक विकाश, शिक्षा, उद्योग, पर्यटन, प्राकृतिक स्रोत—सम्पदा समेतको अध्ययन गर्ने कार्यसूची बनाइएको छ ।

समितिले स्थलगत अध्ययन भ्रमणले बिकाशमा भएको बाधा फुकाउन सहयोग पुग्ने र स्थानीयको गुनासो समेत सुनिने भएकोले अध्ययन भ्रमण महत्वपूर्ण हुने बताएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ८ : ५२ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ