इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार गोल गर्ने कीर्तिमान कायम गरेको खेलमा चेल्सीले ब्रिङटनलाई ४–२ गोलले हराएको छ ।

पालमरको एक प्रहार बारमा लागेको थियो भने अर्को एक प्रहार रेफ्रिले अमान्य घोषित गरेका थिए । उनले १९ मिनेट भन्दा कम समयको अन्तरमा चार गोल गरेका हुन् ।

उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै, २८औँ मिनेटमा जोर्डन सान्चोलाई लडाएपछि पालमरले पेनाल्टीमा अर्को गोल गरेका थिए । ३१औँ मिनेटमा २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै उनले अर्को सफलता दिलाए ।

सान्चोको पासमा उनले ४१औँ मिनेटमा अर्को गोल गरे । खेलको सातौँ मिनेटमा जियोर्जिनो रुटले एकल प्रयासमा गोल गर्दै ब्रिङटनलाई अग्रता दिलाएका थिए । यसै गरी ३४औँ मिनेटमा बालेबाले अर्को गोल गरे ।

यता, आर्सनलले इन्जुरी समयमा २ गोल गर्दै लेस्टर सिटीलाई ४–२ गोलले हरायो । लेस्टर सिटीका विलफ्रेड निडीले ९४औँ मिनेटमा आत्मघाती गोल गरे भने ९९औँ मिनेटमा काइ हार्भट्जले अर्को गोल गरे ।

यस अघि पहिलो हाफमा नै २ गोलले पछि परेको लेस्टर दोस्रो हाफमा कमब्याक गर्दै बराबरीको नजिक पुगेको थियो । पहिलो हाफमा गाब्रियल मार्टिनेलीले पहिलो गोल गरे भने उनकै पासमा लेन्ड्रो ट्रोसार्डले दोस्रो गोलको अग्रता दिलाए । दोस्रो हाफमा लेस्टर सिटीका लागि जेम्स जस्टिनले दुवै गोल गरे ।

शनिवारको खेल सकिँदा  लिभरपुलले अग्रता कायम गरेको छ । ६ खेल खेलेको  लिभरपुलको १५ तथा म्यानचेस्टर सिटी र आर्सनलको समान १४ अङ्क छ । यसै गरी चेल्सीको १३ अङ्क छ ।

पाँचौँ चरण सकिँदा अग्रता कायम गरेको म्यानचेस्टर सिटी भने छैटौँ चरणमा न्युक्यासलसँगको खेलमा १–१ गोलको बराबरीमा रोकियो । सिटीका रक्षक जास्को गार्भाडिलले ३५औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा एडरसनले फल गरे पछि पाएको पेनाल्टीलाई गोर्डानले उपयोग गरेपछि न्युक्यासलले बराबरी गरेको हो ।

लिभरपुललाई तालिकाको शीर्ष स्थानमा लैजाने क्रममा मोहम्मद सलाहाले ६१औँ मिनेटमा पेनाल्टी मार्फत विजयी गोल गरे  । सोही गोलले लिभरपुलले उल्भ्ससँगको अवे खेलमा २–१ को जीत हात पारेको हो ।

यसअघि इब्राहिमा कोनाटेले यस सिजनमा पहिलो प्रिमियरसिप गोल गरेपछि लिभरपुलले पहिलो हाफमा इन्जुरी समयमा गोल गरेको थियो । ५६औँ मिनेटमा आर्सनलका रायट आयाट नाउरीले गोल गरे ।

शनिवार भएको अन्य खेलमा ब्रेन्टफोर्डवेस्टह्याबीच १–१ गोलको बराबरी भयो भने एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । फुल्हमले नटिङघम फरेस्टसँगको खेलमा १–० को जित हात पार्न सफल भयो । 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ५७ बजे

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर

कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्रको झडप दोस्रो सातामा प्रवेश

बैंकक- कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा

‘एमाले छ्वालीको होइन, बलियो स्टिलको लौरो हो, कसैले भन्दैमा फुट्दैन’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ