नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी « Khabarhub

नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे विनोद चौधरी


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

परासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । दुई दिनको लगातारको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरू डुबानमा परेका हुन् ।

बाढीका कारण डुबानमा परेका ती क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।

आज बिहान बाढी डुबान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए । उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए । उनले भने, “राहत वितरणको काम तत्काल सुरु हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनर्स्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ ।”

नारायणी नदीका कारण सुस्तामा डुबान भएको हो भने धनेवा र झरेवा खोलाका कारण प्रतापपुर र सरावलका केही बस्तीमा बाढी पसेको हो ।

प्रतापपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ऋषिदेव पटेलले ३०० विघा धान बालीमा क्षति पुगेका बताए । उनले केही घर पनि डुबानमा परेको बताए । सरावल गाउँपालिकाको वडा नं ६ मा पनि बाढीले क्षति पुगेको छ ।

बाढीका कारण संयौं बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ । वडाध्यक्ष छोटेलाल गुप्तका अनुसार करिब ११ सय बिघामा लगाइएको धान बालीमा क्षति पुगेको हो ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले नारायणी नदीबाट बर्सेनि हुने डुबानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ४४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड