बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु « Khabarhub

बाढीपहिरोबाट कोशी प्रदेशमा मात्रै १५ जनाको मृत्यु


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गएको तीन दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ । साथै ८ जना बेपत्ता र १० जना घाइते छन् ।

कोशी प्रदेश आन्तरीक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १  इलाममा १ जना जनाको मृत्यु भएको  मन्त्रालयका उपसचिव एव प्रवक्ता  विश्वदीप बेस्राले बताए ।

उपसचिव बेस्राका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार बाढी पहिरोमा परेर पाँचथरमा ५,मोरग १ झापामा २ बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

घाइतेहरूमा धनकुटामा ३,सोलुखुम्बुमा १, पाँचथर २, उदयपुर, सुनसरी, संखुवासभा, सुनसरी र भोजपुरमा एक/एक जना घाइते भएका छन्। बाढी,पहिरो र र डुबानकाकारण कोसी प्रदेशमा भौतिक क्षति भने ५ करोड ६९ लाख २२ हजारको क्षति भएको छ ।

बढी,पहिरो र डुबानका कारण कोसी प्रदेशमा पूर्णरूपमा १९ वटा पक्की घर भत्किएको छ भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पंक्षी मरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी,पहिरो र डुबानका कारण १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ।

बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

र ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले पहिरोको उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ०१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण