नेपाल वायुसेवा निगमको टिकट काटेर यात्रा गर्न छुटेका यात्रुलाई अष्टमीसम्म शुल्क नलाग्ने « Khabarhub

नेपाल वायुसेवा निगमको टिकट काटेर यात्रा गर्न छुटेका यात्रुलाई अष्टमीसम्म शुल्क नलाग्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमको टिकट काटेका तर, वर्षाको कारण उडान छुटेका यात्रुहरूलाई अक्टोबर ११ अर्थात् अष्टमीसम्म यात्रा गर्दा शुल्क नलाग्ने भएको छ ।

नेपाल वायुसेवा निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै २७ सेप्टेम्बर देखि अक्टोबर २ सम्मको उडान टिकट लिएका तर, वर्षाको कारणले छुट्न गएका यात्रुहरूको हकमा सो व्यवस्था गरिएको जनाएको हो ।

टिकट लिएर यात्रा छुटेका यात्रुहरूले निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने र त्यसका लागि निगमको कार्यालयमा सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल वायुसेवा निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको हुँदा यथाशीघ्र निगमको कार्यालयमा सम्पर्क गरी सो सेवा लिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ’, निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : ०७ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका