चाइना साउदर्न भन्छ : विपत्तिमा पनि रोकिएन काठमाडौंको उडान « Khabarhub

चाइना साउदर्न भन्छ : विपत्तिमा पनि रोकिएन काठमाडौंको उडान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बिहीबार रातिदेखि परेको लगातारको वर्षाले राजधानी काठमाडौंलगायत धेरै जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राजमार्ग क्षति विक्षत भएका छन् ।

तीन दिनको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान रद्द गरे ।

तर, चीनको ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिएको दाबी गरेको छ ।

कम्पनीले जस्तोसुकै अवस्थामा पनि यात्रुको सुरक्षा र यात्रालाई पहिलो महत्व दिएको जनाएको छ। शुक्रबार र शनिबार रातिको उडानबारे कम्पनीले जानकारी दिएको छ ।

‘शुक्रबार राति नियमित उडानको क्रममा विमान खराब मौसमका कारण काठमाडौंमा तोकिएको समयमा अवतरण गर्न सकेन । अधिकांश विमान कम्पनीले उडान रद्ध गर्ने निर्णय गरेको अवस्थामा हामीले भने उडान भरेका थियौं’, कम्पनी भन्छ, ‘हाम्रो विमानलाई काठमाडौं नजिकैको आकाशबाट ढाका डाइभर्ट गर्ने निर्णय गरियो । तर मौसममा सुधार भएसङ्गै राति दुई घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण भयो । नेपालका यात्रुलाई दुई घण्टा ढिलो भए पनि उडान भरेर गन्तव्यमा ल्यायौँ।’

शनिबारको उडानमा ३० जना यात्रु ग्वाङ्झौ हुँदै अष्ट्रेलियाको सिड्नी जाँदै थिए । यताबाट भएको ढिलो उडानका कारण उनीहरूको सिड्नी उडान छुट्ने सम्भावना थियो । तर, विमान कम्पनी, चालक दलका सदस्य र कर्मचारीको समन्वयमा ढिलो उडानमा पनि ती यात्रुले सिड्नी कनेक्टिङमा समस्या झेल्न नपरेको कम्पनीले जनाएको छ ।

‘चिनियाँ राष्ट्रिय दिवस,सार्वजनिक बिदालगायत कारण ग्वाङ्झौबाट सिड्नीका लागि अन्य उडानका कुनै सिट खाली थिएन । त्यसैले काठमाडौं वा ग्वाङ्झौमा अलपत्र नपार्ने उद्देश्यले तत्काल समस्या समाधानको उपाय निकालियो। उहाँहरू तोकिएको उडानमा सिड्नी प्रस्थान गर्न सफल हुनुभयो’, कम्पनीले भनेको छ ।

काठमाडौंमा गएराति पनि चाइना साउदर्नको अवतरण र उडान भयो । कम्पनीले ३० जना नेपाली यात्रुले दुई घण्टा ढिलो उडान हुँदा पनि समस्या महसुस गर्न नपरेको जनाएको छ ।

चाइना साउदर्न चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । यसले वार्षिक १४ करोडभन्दा बढी यात्रु ओसार्दै आएको छ । पछिल्लो समय ग्वाङझौ–काठमाडौं दैनिक दुई उडान भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ७ : ३९ बजे

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा

गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन