सडक नापेर मात्र विकास भन्न मिल्दैनः मुख्यमन्त्री पौडेल « Khabarhub

सडक नापेर मात्र विकास भन्न मिल्दैनः मुख्यमन्त्री पौडेल


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माणमा मात्र ध्यान दिएर समृद्धि नआउने बताउनुभएको छ । उनले वास्तविक अर्थमा विकास हुनका लागि समग्र क्षेत्रको विकास हुनुपर्ने बताए ।

तेश्रो जिल्ला परिषद् धादिङको मङ्गलबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले सडक नापेर विकास यति भयो उति भयो भन्न नमिल्ने बताए । उनले सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पाएको स्थानीय र प्रदेश सरकार विकासमा जुट्नुपर्ने बताए ।

ठूला कृषि फर्म सञ्चालन गर्ने सामूहिक खेती र एकीकृत खेती प्रणाली अपनाउन प्रदेश सरकारले कार्यक्रमका लागि माग गर्न गरेको आग्रहअनुसार धादिङबाट कुनै पनि माग नपरेको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रदेशका आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जिल्ला समन्वय समितिले सबै स्थानीय तहसँग समन्वय गरेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले २७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लाको एकीकृत मार्गचित्र तयारी गर्ने, जिल्लालाई पूर्ण सरसफाइ जिल्ला बनाउने बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणमा सहजीकरण गर्ने, पर्यटन, रोजगारी सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : १८ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल