अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार « Khabarhub

अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो ।

बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन् । उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौं पठाइएको हो ।

सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए ।

नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : २२ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित