महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात « Khabarhub

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट  महाकालीमा लडेर बेपत्ता भएका थिए ।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खसेमा हुन् ।

बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ ।

लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताए।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ४२ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका