किन बढ्दैछ आत्महत्या, सिरहामा मात्रै १ वर्षमा ८८ जनाको मृत्यु « Khabarhub

किन बढ्दैछ आत्महत्या, सिरहामा मात्रै १ वर्षमा ८८ जनाको मृत्यु


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- आर्थिक वर्ष २०७५/०७६ मा सिरहामा ८८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम् डिएसपी अपिल बोहरनले झुण्डिएर आत्महत्या गर्ने ५१ जना रहेको बताए । विष सेवन गरेर ३७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ४० जनाले झुण्डिएर आत्महत्या गर्दा २२ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीसँग तथ्याङ्क छ । हरेक वर्ष आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ । आव २०७३/०७४ मा भने ३४ जनाले झुण्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।

तीन वर्षको तथ्याङ्क केलाउँदा हरेक वर्ष आत्महत्या गर्ने दर बढेको डिएसपी बोहरनले बताए । ‘आत्महत्या विभिन्न कारणले भइरहेको छ, कतिपय मानसिक समस्याका कारणले मरिरहेका छन् भने कतिपय साथीभाइ, परिवार, लागूऔषध, बेरोजगार, सम्बन्धविच्छेद कारण भइरहेका छन् ,’ उनले भने ।

आत्महत्याका पूर्व लक्षण

प्रायः एकान्तमा बसी टोलाउने, सामान्य कुराकानीमा पनि रिसाउने, झर्कने, आवेशमा आउने जस्ता अस्वाभाविक व्यवहारहरू देखाउनेलगायत छन् ।

त्यस्तै लागूऔषध, मादक पदार्थ सेवन, समयमा खानपिन नगर्ने, मानसिक सन्तुलन ठीक नभएजस्तो देखिने चाँडै भावुक हुने, उत्तेजित हुनेलगायतका समस्याहरू देखिन थाल्ने मनोविश्लेषकहरू बताउँछन् ।

आत्महत्या नियन्त्रणका उपाय

परिवार तथा समाजमा माथिका लक्षण देखिन थालेमा समयमै पहिचान गरी मनोचिकित्सकलाई देखाउन सके सम्भावित घटना रोक्न सकिन्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै