जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा « Khabarhub

जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । 

उनी अक्टोबर १ अर्थात् मंगलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछन् । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेका हुन्।

इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद् विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनले एलडीपी नेतृत्वको दौडमा भाग लिने मन्त्रिमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रबल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

नयाँ मन्त्रीमण्डलमा पूर्व रक्षामन्त्री जनरल नाकातानी पुरानै काममा फर्किनु हुनेछ भने अर्का पूर्व रक्षा मन्त्री ताकेसी इवाया विदेशमन्त्रीका रूपमा आउने सम्भावना छ ।  

एनएलआई रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तारो साइतोले इसिबाले अहिलेसम्म जापानमा सार्वजनिक वित्त कसरी सुधार गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ४३ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर