इजरायलको आक्रमण निरन्तर : लेबनानमा एक हजारको मृत्यु हुँदा १० लाख विस्थापित « Khabarhub

इजरायलको आक्रमण निरन्तर : लेबनानमा एक हजारको मृत्यु हुँदा १० लाख विस्थापित


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

लेबनान – इजरायलको आक्रमणपछि लेबनानमा १० लाख विस्थापित भएका छन्। आक्रमणमा परेर एक हजार भन्दा बढीको ज्यान गएको अनुमान गरिएको छ।

सोमबारदेखि इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरेको छ। लेबनानका गाउँहरूमा धुवाको मुस्लो प्रस्ट देख्न सकिन्छ। इजरायलको आक्रमण लगत्तै त्यहाँ असामान्य जनजीवन सुरु भइसकेको छ।

सोमबार नै इजरायलको क्याबिनेट बैठकले जमिन आक्रमण सुरु गर्ने निर्णय गरे लगत्तै दक्षिणी लेबनानलाई निशाना बनाइएको हो।

जमिन आक्रमण सुरु गर्नु अगाडि भएको हवाई आक्रमणमा ९५ जनाको ज्यान गइसकेको थियो। बेरुतको डाहिएमा यसरी भीषण आक्रमण गर्नुअघि इजरायलले धेरै पटक त्यहाँका स्थानीयलाई घर छाड्न भनिसकेको थियो।

इजरायली सेनाले हिजबुल्लाहको संरचना नाश गर्नका लागि यो आक्रमण गरेको जनाएको छ। बेरुतको मूल सहरमा भने ७ अक्टोबरपछि पहिलो पटक हवाई आक्रमणमा केही कमी आएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

एकपछि अर्को सिनियर नेताहरूको ज्यान गए पनि हिजबुल्लाहले प्यालेस्टाइनको समर्थनमा इजरायलसँगको लडाइँ जारी राख्ने जनाएको छ। साथै सो सैन्य समूहले हसन नसरल्लाहको उत्तराधिकारी तत्काल चयन गर्ने पनि जनाएको छ।

बेलायतले भने लेबनानमा रहेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर देशमा ल्याउने भएको छ। इजरायलले जमिनमा समेत युद्ध गर्ने जनाएपछि बेलायतले यो घोषणा गरेको हो। इजरायलले पनि लेबनानको सीमामा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन भनेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : २७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन