च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक « Khabarhub

च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको छ ।

यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

केही बेरअघि सुरु भएको यो बैठकमा राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर ११ दिनपछि नेपाल फर्किएका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

बाढीको विपत्मा परेर सयौँ नागरिकको मृत्यु भएको छ । हजारौँले घरबार गुमाएका छन् । यस्तोमा सरकारको कामलाई लिएर जनस्तरमा चर्को आलोचना भइरहेको छ ।

ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बसेको हो । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतसहितका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत साउन १६ गते पनि एमाले कार्यालयमा बाढी पसेको थियो । त्यसपछि साउन १७ गते एमाले सचिवालय बैठक हनुमानथानस्थित बसेरा होटलमा बसेको थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : १३ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली