च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक « Khabarhub

च्यासलमा बाढी पसेपछि होटल बसेरामा एमाले बैठक


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको छ ।

यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

केही बेरअघि सुरु भएको यो बैठकमा राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर ११ दिनपछि नेपाल फर्किएका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

बाढीको विपत्मा परेर सयौँ नागरिकको मृत्यु भएको छ । हजारौँले घरबार गुमाएका छन् । यस्तोमा सरकारको कामलाई लिएर जनस्तरमा चर्को आलोचना भइरहेको छ ।

ओली स्वदेश फर्किएलगत्तै एमालेको सचिवालय बैठक बसेको हो । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतसहितका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि गत साउन १६ गते पनि एमाले कार्यालयमा बाढी पसेको थियो । त्यसपछि साउन १७ गते एमाले सचिवालय बैठक हनुमानथानस्थित बसेरा होटलमा बसेको थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : १३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह