तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै | Khabarhub Khabarhub

तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। 

उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। 

‘जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,’ उनले भने ‘जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।’

सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 

तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शंकर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : २१ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक