सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत | Khabarhub Khabarhub

सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत

प्रधानमन्त्री भन्छन्- केही कमजोरी भएका छन्


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानपीडितलाई राहत वितरण सुरु गरिएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा उनले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य दुई दिनभित्र गरिसक्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने बताए । विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको उनले बताए ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले सरकारका कामको विवरण सुनाएका थिए ।

पछिल्लो विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते भएको पनि सरकारले जनाएको छ ।

उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको अर्यालले बताएका छन् ।

अविरल वर्षापछिको विपाद्‍बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ५२ बजे

‘जनता बाढीमा डुब्दा कांग्रेसका मन्त्रीले फोन नै उठाएनन्‌’ : भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका सांसद्‌ शंकर भण्डारीले प्राकृतिक विपद्को समयमा

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी

नागढुङ्गा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता

धादिङ – गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा

सेनाले गर्‍यो बाढीपहिरोमा फसेका ९८९ जनाको सकुशल उद्धार

काठमाडौं – नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका

गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित)

काठमाडौं– मंगलबार बिहान काठमाडौंमा एकाएक चर्चा चल्यो– ‘दशैंको अग्रिम टिकट