सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गरिने | Khabarhub Khabarhub

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गरिने


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।

केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ ।

सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर रोगको उपचार सुरु भैसकेको जानकारी दिँदै मन्त्री पौडेलले केन्द्रमार्फत मुटु रोगको उपचारका लागि प्रदेशस्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताए । उनले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकताअनुसार प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टीकृत उपचार सेवा विस्तार गर्न लागिएको स्पष्ट पारे ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै अब सबै प्रदेशमा जलन उपचार सेवासमेत निःशुल्क रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ५६ बजे

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, १३ सदस्यीय कार्यदल गठन

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन

८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

झापा– झापाको बुद्धशान्ति गाउँपालिका– ६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

गुल्मी– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक