देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश | Khabarhub Khabarhub

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि आज थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बचत हिनामिना गरेको आरोपमा गत जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका नेपालीविरुद्ध रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

त्यस्तै सोही मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपालीका दाजु ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । नेपालीले आफूसँग रहेको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ३३ बजे

किस्ट अस्पतालमा भएको तोडफोडप्रति चिकित्सक सङ्घको आपत्ति, तत्काल कानुनी कारवाही गर्न माग 

काठमाडौं– किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक र

अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी– मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

काठमाडौं– सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण

चीन र आसियानबीच ‘स्वतन्त्र व्यापार’ सम्झौतामा हस्ताक्षर

क्वालालम्पुर– चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र

आगामी पुसमा बाघ गणना गरिने

चितवन- आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा,